२६ वर्षीया सुनिताले जन्माइन् चम्ल्याहा शिशु
पोखरा । पोखराको मणिपाल कलेजमा एक २६ वर्षीया महिलाले चम्ल्याहा (चार जना)
शिशुलाई जन्म दिएकी छन् ।
स्याङ्जा पुतलीबजार–१ की २६ वर्षीया सुनिता पौडेल प्रधानले आज (बिहीबार) चम्ल्याहा (चार शिशु)शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । उनले तीन छोरी र एक जना छोरालाई जन्म दिएकी छन् ।
उनले पहिलो बच्चा छोरी १.६ किलोग्राम तौलकी छोरी, दोस्रो १.३ किलो ग्रामको छोरा, तेस्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन् । उनले शल्यक्रियामार्फत तीन छोरी र एक छोरालाई जन्म दिएको शल्यक्रियामा संलग्न डा। महेन्द्र पाण्डे जानकारी दिएका छन् । मणिपाल शिक्षण अस्पातलमा डा। महेन्द्र पाण्डे सहितको ४ जनाको टोलीले शल्यक्रिया गरेका थिए ।
अहिलेसम्म सबै शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाएको छ ।
चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । यसअघि काठमाडौंको सिनामंगल अस्पतालमा पनि खगित्रा शाहीले एकैपल्ट चार शिशुलाई जन्म दिएकी थिइन् ।