गायक निशान भट्टराईको कार दुर्घटनामा निधन

निरन्तर न्यूज
२९ पुष २०७६, मंगलवार १०:२९

काठमाडौं । गायक निशान भट्टराईको कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

आफैले चलाएको कार काठमाडौंको तीनकुनेमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । सोमबार राति दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट फर्किने क्रममा उनको कार अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

गायक भट्टराईलाई गम्भीर अवस्थामा प्रहरीले उद्धार गरि उपचारका लागि ट्रमा सेन्टर लगेको थियो । उनको ट्रमा सेन्टरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गायक भट्टराईको ‘कामनाले भरिएको।।।’ पहिलो गीत हो । यस्तै ‘माया गर माया गर’ ‘हेर धर्ती’ लगायतका गीत लोकप्रिय थिए । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्टराईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो ।

गायक निशान भट्टराई ०४६ सालमा पनि ठूलो दुर्घटनामा परेका थिए । उनी गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु