अष्ट्रेलियाको जंगलमा लागेको डडेलोले दिलाएको क्षतिप्रति गहिरो दुःखानुभूति
सृष्टिको भरपुर ब्याख्या गर्ने सबैभन्दा पुरानो दस्तावेज हो धर्मशास्त्र । अनि मानव सभ्यता बिकासको जग , मेरुदण्ड र ऐतिहासिक धरोहर पनि मानिन्छ धर्मशास्रलाई ।चाहे त्यो जुनसुकै धर्म किन नहोस् ।जसले मानवलाई प्राणी जगतमा सर्वोकृष्ट, चेतनशील ,बुद्धिमानी ,परोपकारी प्राणी र प्राणी जीवन चक्रको सबै भन्दा उत्तम चोला हो भनेर ब्याख्या गर्दछ । यसलाई केही हदसम्म बिज्ञानले पनि स्विकार गरेको छ ।त्यसैले भनिन्छ कि मनुष्य चोला पाउनुमा गर्व गर्नु पर्दछ। समाज र धर्मशास्त्रले घोटी घोटी अजम्मरी बुटी भए झै यस्तै शिक्षा दिलाएर धेरथोर दिक्षीत पारेको पात्रहरु मध्यकै एक पात्र हुँ म पनि । तर समाजमा घटेका केही घटनाहरुले कहिले काही प्राप्त दिक्षाप्रति नै संका उब्जाउदछ र बर्गेल्ती प्रश्नहरु जन्माउदछ । अनि भगवानप्रतिको आस्था,विस्वास र आड भरोसा डगमगाउन पुग्दछ । जो यतिखेर मैले अनुभूति गरिरहेको छु । यधपी यही र उस्तै परिवेसमा रहेर भगवानप्रतिको आस्था,विश्वास र आडभरोसामा तत्काल पारपाचुके गरेको फैसला गरेर पुर्णबिराम लगाई हाल्ने आँट भने अझै जुटिसकेको छैन । अस्ट्रेलियाको जंगलमा त्यही सर्वोकृष्ट मानिएको मानिसकै कारण लागेको डडेलोले लाखौ निरथ्था प्राणीको ज्यान गएको छ र ज्यान जाने क्रम अझै जारी नै छ । आखिर हामीले सुनेको र बुझेको झै सबै तजबिजीको हकदार भगवान हो भने कसैको पनि भलो नहुने यस्तो अप्रीय घटना किन घटाइयो वा घटी सकेपछि पनि किन रोकिएन रु प्राकृतिक नियम अनुसार नै बाँची रहेका जीवजन्तुहरुको अकालमा किन ज्यान लिइयो……? मानवले मानवता किन गुमाउदै छ रु खोई त भगवान रु यी र यस्ता प्रश्नहरुबाट म अनुत्तरित छु । कतैबाट टालटुले जवाफ पाइए पनि धार्मिक शास्त्रकै परिधि भित्र रहेर यथोचित चित्तबुझ्दो जवाफ दिन धुरन्धर धार्मिक ब्याख्याकारहरुलाई पनि निकै ठुलो संकट परेको छ।
मानिस स्वभावैले र सामाजिक परिवेशले हरपल सुख प्राप्तिका लागि भौतारी रहन्छ । तर ऊ मानसिक भन्दा पनि भौतिक सुखमा केन्द्रित रहन्छ । भौतिक सुख प्राप्त भए पछि मात्र मानसिक सुख प्राप्ति हुन्छ र यही सुखको उत्कर्षमा आनन्दानुभूति प्राप्त गर्न सकिन्छ भन्नेमा आम मानिस विश्वास गर्दछन् । जो आनन्दमय जीवनयापन गर्ने भ्रमित मार्ग हो भन्ने मलाई लाग्दैछ। त्यही जिन्दगीको अन्तिम लक्ष्य “आनन्दमय जीवनुका खातिर एक पछि अर्को गरी उब्जिएका सुखको मृगतृष्णा मेटाउने लालसामा मानिस जानी नजानी बिनासकारी कदम चाल्न पुग्दछ। जसले गर्दा ढिलो चाडो ऊ पनि समाप्त हुन्छ र अरुलाई पनि समाप्त पार्दछ । यी र यस्ता निन्दनीय कार्यहरुका कारण मानव चोलाप्रति ढुक्क भएर गर्व गर्ने आँट आउदैन ।
त्यसको ज्वलन्त उदाहरण बनेको छ यतिबेला अष्ट्रेलियाको जंगलमा लागेको डडेलो । सन् द्दण्द्दण् को प्रारम्भसंगै बिश्वकै लागि अत्यन्तै दुःखदायी घटनाका रुपमा चित्रण भैरहेको यो अकल्पनीय घटनाले अष्ट्रेलियाले त महासंकट ब्यहोर्नु परिरहेको छ नै । यसको अलावा यसले बिश्व पर्यावरणमा पनि ठुलो प्रभाव पार्ने निश्चत् नै छ । जो सम्पूर्ण सृष्टिका लागि घातक शिद्ध हुने नै छ । अर्को तिर एक नेपाली भएको हैसियतले देशको हितार्थ सोच्नु पर्दा देशले ठुलो संख्यामा विदेशीहरुलाई नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्य लिएको “नेपाल भ्रमण बर्ष २०२० “पनि प्रभावित हुनेमा कुनै संका छैन । जो सफल पार्नमा अष्ट्रेलियाको भूमिका महत्वपूर्ण रहन्छ भन्नेमा दुई मत छैन । अष्ट्रेलियासंगको सुमधुर दौत्यसम्बन्ध, त्यहाँ रहेका नेपालीहरुको संख्या, भ्रमण बर्ष प्रभावकारी बनाउन हुदै गरेका गतिविधिहरु लगायतले पनि यसलाई पुष्टी गर्दछ ।
सञ्चार माध्यमहरुले जनाए अनुसार गत सेप्टेम्बर ,२०१९ मा जंगल फडानी गरेर खेतीयोग्य जमीन बिस्तार गर्ने क्रममा असावधानीपूर्ण तरिकाले लगाइएको आगो समयमै नियन्त्रण गर्न नसक्दा ५९ लाख हेक्टर जमीनलाई प्रभावित पारेको डडेलोले हालसम्म २३ जनाको मृत्यु, झण्डै ५० करोड बन्यजन्तुको बिनास, दुई हजार ६ सय बढी घर र कयौ प्रजाति बनस्पति नष्ट भै सकेका छन्। जो क्रम अझै जारी नै छ ।यो बिश्कै लागि अत्यन्तै दुस्खदायी र अपूर्णीय क्षति हो ।सार्वजनिक भएका यो घटनासंग सम्बन्धित तस्विरहरु अत्यन्तै हृदयविदारक र करुणादायी रहेका छन् । मानवताको नाताले जो कोहीलाई यस्ता तस्विरहरुले पिडाबोध गराउनु स्वभाविक नै हो । जसबाट म पनि अछुतो रहन सकिन । यसबाट बिश्वले पाठ सिक्नु जरुरी छ ।
यति मात्र हैन एउटा नेपालीको नाताले “जुन देशमा लाखौ नेपालीहरु सुन्दर र उज्वल भविश्यको खोजिमा भौतारी रहेका छन् ,जहाँ जान नेपालीहरु प्राथमिकताका साथ लालाहीत भै रहेका छन् र जसको भूमिका नेपाल र नेपालीको उज्वल भविश्यका लागि महत्वपूर्ण छुु त्यही ठाँऊमा घटेको अप्रिय घटना भएका कारण पनि तुलनात्मक रुपमा आत्मीयपनले बढी चासो र चिन्ता लागेर दुःखी र पिडाबोध गराएको छ । जो स्वभाविक पनि हो ।यो अकल्पनीय दुःखद घडिमा पिडादायी घटनाप्रति गहिरो दुस्खानुभूति प्रकट गर्दै असामयिक दिवङ्गत मानव तथा बन्यजन्तुको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु १ साथै यो विपतमा जुट्ने सबैलाई हृदयदेखि नै छड्के सलाम गर्दै घाइतेहरु(मानव तथा बन्यजन्तु )को सिघ्र स्वास्थ्यलाभको कामना सहित यथासिघ्र संकट मोचनका लागि फेरी पनि उही अन्तिम,आस्था,विश्वास र भरोसाको केन्द्र भगवानसंग प्रार्थना गर्दछु १
सुपेन्द्र बस्नेत, हेटौंडा (हाल अमेरिका)