आमालाई छुरा प्रहार गरेको अभियोगमा अभिनेत्री मोली पक्राउ

निरन्तर न्यूज
२० पुष २०७६, आईतवार ११:०६

न्युयोर्क । नयाँ वर्षको अघिल्लो दिन आमालाई छुरा प्रहार गरेको अभियोगमा अभिनेत्री मोली फिट्जगराल्ड पक्राउ परेकी छिन् ।

सन् २०११ को फिल्म ‘क्याप्टेन अमेरिकाः द फस्ट एभेन्जर’ फिल्मकी अभिनेत्री मोलीलाई कान्सासबाट प्रहरीले पक्राउ हो ।

अभिनेत्री मोलीकी आमा पेट्रसिया फिट्जगराल्ड कान्सासस्थित घरमा मृत अवस्थामा फेला परेको प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको थियो।

अनलाइन अदालतको रेकर्डअनुसार अभिनेत्री मोलीलाई हिरासतमा राखेर हत्याको अभियोग लगाइएको छ। क्याप्टेन अमेरिकाः द फस्ट एभेन्जर’ मा सानो भूमिकामा देखिएकी अभिनेत्री मोली सन् २०१८ को ‘ट्रबल इज माइ बिज्नेस’ फिल्ममा देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु