नेपाली जस्तै देखेपछि भारतमा पासपोर्ट दिन इन्कार !

निरन्तर न्यूज
१८ पुष २०७६, शुक्रबार १५:३९

नयाँदिल्ली । भारतको हरियाणा राज्यको पासपोर्ट कार्यालयका कर्मचारीले दुई नागरिकलाई ‘नेपाली हौ’ भनेर पासपोर्ट दिन इन्कार गरेका छन्।

समाचार संस्था पीटीआईका अनुसार सन्तोष र उनकी बहिनी हिना केही दिनअघि पासपोर्टका लागि चण्डीगढस्थित क्षेत्रीय पासपोर्ट कार्यालयमा गएका थिए। तर कार्यालयका कर्मचारीले उनीहरूलाई पासपोर्ट दिन इन्कार गरे।

ती अधिकारीले आवेदन फाराममा ‘दुवैजना नेपाली हुन्। त्यसैले पासपोर्ट दिन मिल्दैन’ भनेर लेखिदिए ।

सन्तोषले भने, ‘पासपोर्ट कार्यालयका कर्मचारीले नियालेर हाम्रो अनुहार हेरे। अनि फाराममा लेखिदिए, तिमीहरू नेपाली हौ। पासपोर्ट दिन मिल्दैन भने अनि उनीहरूले हामीलाई राष्ट्रियता प्रमाण गर्न आग्रह गरे।’

त्यसपछि दुवैजनाले हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरको कार्यालयमा सम्पर्क गरे। उनले पासपोर्ट नदिने अधिकारीमाथि कारबाही गर्न तथा सन्तोष र हिनालाई तत्काल पासपोर्ट उपलब्ध गराउन निर्देशन दिए।श्रोत नेपाल समय

मुख्यमन्त्रीको निर्देशनपछि हरियाणाका गृहमन्त्री अनिल विजले पासपोर्ट उपलब्ध गराउने प्रक्रिया सुरु गरे। अधिकारीहरूले भनेका छन्, ‘अब उनीहरूलाई पासपोर्ट दिने प्रक्रिया सुरु भएको छिट्टै पासपोर्ट पाउनेछन्।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*