गायक युवराजको गीत ‘मल मल सारी’सार्वजनिक

काठमाडौं । गायक युवराज चौलागाईं नयाँ गीत लिएर बजारमा आएका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर युवराज नयाँ गीत ‘मल मल सारी’ लिएर आएका हुन् ।
स्वर तथा संगीत युवराजको रहेको गीतमा शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकले संयुक्त रुपमा लिएका छन् ।
गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक स्वयम् फिर्चड छन् ।
सुदिप बरालले खिचेको भिडियो सम्पादन अर्जुन जिसीले गरेका छन् । भिडियो निर्देशन कविराज गहतराजले गरेका छन् ।