बैंकबाट १० हजार डलर लुटेर ‘मेरी क्रिसमस’ भन्दै रकम हावामा उडाउने एक व्यक्ति पक्राउ

निरन्तर न्यूज
९ पुष २०७६, बुधबार ११:१३

डेनभर । अमेरिकाको कोलोराडोस्थित एक बैंकबाट १० हजार डलरका बण्डल लुटेर बाहिर निस्किएर ‘मेरी क्रिसमस’ भन्दै रकम हावामा उडाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सेतै दाह्री फुलेका ती व्यक्ति ६५ वर्षिय डेभिड वायने ओलिभर भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो उनले बैंक लुटेका हुन् । उनले हतियार प्रयोग गर्न सक्ने भन्दै धम्क्याएर रकम लुटेका थिए ।

बाहिर निस्केर उनले रकमको बण्डल आकाशतिर फाल्दै मेरी क्रिसमस भनेका थिए । उनले फालेको रकम स्थानीयले जम्मा गरेर बैंकमा बुझाएका थिए । प्रहरीले निज व्यक्तिलाई स्थानीय कफी सपबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई भोलि बिहीबार स्थानीय अदालतमा लग्ने बताइएको छ । ९रोयटर्स०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*