बलिउड सुपरस्टार सलमान खानलाई WWE च्याम्पियनशिपको बेल्टबाट सम्मानित गरिने

निरन्तर न्यूज
६ पुष २०७६, आईतवार १२:३९

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई वर्ल्ड रेसलिङ इन्टरटेनमेन्ट (WWE) ले केही समयमै कस्टमाइज्ड डब्लु डब्लु ई च्याम्पियनशिप बेल्टबाट सम्मान गर्ने भएको छ ।

वर्ल्ड रेसलिङ इन्टरटेनमेन्टले दबंग सिरिजको तेस्रो फिल्मलाई सेलिब्रेट गर्न भन्दै खानलाई च्याम्पियनशिप बेल्टबाट सम्मान गर्न लागेको हो । च्याम्पियनशिप बेल्टमा खानको नाम समेत एम्बोस गरिने छ ।

भारतस्थित ध्ध्भ् को ट्विटर ह्याण्डलमा एक भिडियो शेयर गर्दै खानलाई च्याम्पियनशिप बेल्टबाट सम्मानित गरिने जानकारी गराइएको छ ।

खानको फिल्म दबंग-३ बक्स अफिसमा रिलिज भइसकेको छ । नागरिकता संशोधन कानुनको विरोधमा भारतभर जारी प्रदर्शनका कारण दबंग-३ ले सोचे जस्तो कमाइ भने गर्न सकिरहेको छैन ।

पहिलो दिन २५ करोडको कमाई गरेको यस फिल्मलाई लगभग २० प्रतिशत कमाई कम गरेको फिल्म समिक्षकहरुले बताएका छन् । फिल्मले राम्रो रिभ्यु पाए पनि भारतमा जारी आन्दोलनका कारण दर्शकहरु हलमा नआएको उनीहरुको बुझाइ रहेको छ ।

सलमान खानको यस फिल्मले बक्स अफिसमा राम्रै कमाई गर्ने अपेक्षा भने अझै गरिएको छ । सन् २०१० यता सलमान खानले अभिनय गरेका सबै फिल्मले सय करोडभन्दा बढीको कमाई गर्न सफल भएका छन् ।

यो फिल्मले पनि १०० करोड कमाउने कुरामा शंका नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु