मिस दक्षिण अफ्रिका बनिन् २०१९ को मिस युनिभर्स

निरन्तर न्यूज
२३ मंसिर २०७६, सोमबार १५:३४

एजेन्सी । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितेकि छन् ।

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित प्रतियोगितामा तुन्जीले ९० भन्दा बढी प्रतियोगीलाई हराउँदै मिस युनिभर्स बनेकी हुन् ।

२६ वर्षीया जोजिबीनीले महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा मिस युनिभर्सको ताज जितेकी हुन् ।

तुन्जीले आफ्नो समापन भाषणमा भनेकी थिइन्-‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।’

सन् २०१८ की मिस युनिभर्स फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु