नायिका ऋचा शर्माको वैवाहिक जीवन शुरु , सार्वजनिक गरिन् विहेको मिति

निरन्तर न्यूज
२० मंसिर २०७६, शुक्रबार १६:४५

काठमाडौं । नायिका ऋचा शर्माले वैवाहिक शुरु गर्ने भएकी छिन् । आफ्नो फेसबुकमार्फत उनले विहेको मिति समेत सार्वजनिक गरेकी छन् ।

उनी दिपेक्षजंग राणासँग वैवाहिक वन्धनमा बाँधिन लागेकी हुन् । उनले विवाहको कार्ड सार्वजनिक गर्दै आफ्नो मंसिर २१ गते वैवाहिक कार्यक्रम रहेको जानकारी गराएकी छन् । ऋचाले आफूलाई माया दर्शाउने सबैलाई धन्यवाद दिएकी छिन् ।

’तपाईले हामीलाई वर्षभरी दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौं । हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आशिर्वादको आशा गदर्छौं,’ कार्डमा उल्लेख छ ।

दिपेक्षजंग ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए । यसअघि ऋचाले साथीहरुसँग पोखरामा ब्याचलर पार्टी समेत मनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु