‘प्रेमगीत–३’का अनुभव र योगीशाको क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेमगीत–३’ले केही पदन यता क्यारेक्टर पोस्टर सार्वजनिक गरिरहेको छ । चलचित्रमा आबद्ध कलाकारहरुको क्यारेक्टर झल्किने पोस्टर सार्वजनिक गरिरहेको हो ।
यसै क्रममा चलचित्रको निर्माण पक्षले चलचित्रका कलाकार अनुभव रेग्मीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन चलचित्र ‘प्रेमगीत–३’का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भूमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
‘प्रेमगीत–३’ चैत २८ गते रिलिज हुने चलचित्रको अहिले मनाङमा छायांकन भैरहेको छ ।