कराँतेमा नेपालकी अनुपमा मगरले जितिन् स्वर्ण पदक

निरन्तर न्यूज
१८ मंसिर २०७६, बुधबार ११:३२

काठमाडौँ । तेह्रौँ साग अन्तर्गत कराँतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ६८ केजी भन्दा माथिको तौल समूहमा मलिा स्पर्धामा बुधबार नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् ।

उनले पाकिस्तानकी खेलाडीलाई ६–३ को सेटमा पराजित गरेर स्वर्ण पदक जितेकी हुन् । पाकिस्तानकी नर्गिसले रजत पदक जितेकी छन् । यस्तै बंगलादेश र श्रीलंककाका खेलाडीले कास्य पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु