फ्राइडे रिलिज ‘सरौतो’ र ‘लभ यु हमेशा’प्रदर्शन

निरन्तर न्यूज
१३ मंसिर २०७६, शुक्रबार ११:२८

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज दुईटा नेपाली चलचित्र रिलिज भएका छन् । हरि हुमागाईंको निर्देशन रहेको चलचित्र ‘सरौतो’ र भास्कर प्रधानको निर्देशन ‘लभ यु हमेशा’ प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘सरौतो’मा सन्नी सिंह र सुमी मोक्तान सँगै आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर लगायत कलाकारको अभिनय छ ।

‘लभ यु हमेशा’मा यशराज, ऋचा थापा र फिजा योञ्जन, गोपाल ढकाल, करुणा श्रेष्ठ, निराजन मेहता लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा निर्देशनसँगै लेखन पनि भास्कर प्रधानको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु