६ शहरमा एनसेल मेला

एनसेल प्रालिले देशका विभिन्न ६ वटा शहरमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ ।
मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले जनाएको छ ।
एनसेलले मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’को अनुरुप आयोजना गर्न लागेको हो र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य पनि राखेको छ ।
चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुति, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण यो एक दिने एनसेल मेलाको शुरूवात इटहरीबाट हुनेछ ।
मंसिर २८ गते शनिवार इटहरीको जनता माध्यमिक विद्यालयको फूटबल मैदानमा मेला आयोजना गरिने छ । मेला मंसिर ३० गते सोमवार बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान, पुस ३ गते बिहीवार जनकपुरको बाह्रविघा मैदान र पुस ५ गते शनिवार वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरिने जनाइएको छ ।
एनसेल मेला पुस ९ गते बुधवार धनगढीको सुदूरपश्चिमाञ्चल एसपी चौकी मैदानमा आयोजना हुनेछ भने पुस १२ शनिवार बुटवलको सिद्घेश्वरी स्कूल मैदान, दीपनगरमा आयोजनापछि समापन हुनेछ ।
यी ६ वटै शहरमा एनसेल मेला १० बजे शुरू भई कम्सर्टसहित साँझ ७ बजेसम्म चल्नेछ । गीत–संगीत, किड्स जोन, डिजिटल जोनदेखि विभिन्न फिजिकल एक्टिभिटी बुथहरू, स्थानीय पर्यटन गन्तव्यको प्रवद्र्धन र एनसेलका विभिन्न सेवा तथा सुविधामा आर्कषक अफर र उपहार मेलामा समावेश गरिएका छन् ।
मेलामा आउने सबै उमेर समूहका दर्शकको मनोरञ्जनलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम समावेश गरिएका छन् ।
मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कार पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समूहको सांगीतिक प्रस्तूति, बालबालिकाका मनोरञ्जनका विविध गतिविधि तथा गेम स्टल, विदेशी कलाकारको सुटिङ स्टार एक्ट, थिम गेमहरू र ओकुलस भर्चअल जोन यो मेलाको केही आकर्षण हुन् ।
मेलामा गायकहरू दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालीप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाइँ, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । वीरगञ्ज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ । मेलाको उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् ।
किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु हुनेछन् । युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहनेछन् ।
मेलामा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा दिदै आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले मेला सम्बन्धि थप जानकारीका लागि १७१३३ मा डायल पनि गर्न सक्छन् ।