प्रकाश सपुतको ‘हुन्छ भनन’सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गीत ‘गलबन्दी’ का गायक एवं मोडल प्रकाश सपुतको फेरि अर्को सबैलाई रुवाउने भिडियो सार्वजनिक भएको छ। गायिका पूजा सुनुवारको ‘रहर’ एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ ।
गायिका पूजा सुनुवारको ‘रहर’ एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहरु’ लाई शुक्रबार प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवं संगीतकार संघ नेपालका प्रथम ९पूर्व० अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन् । सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन्।
अनुप चापागाईँको निर्देशनमा बनेको म्युजिक भिडियो उत्सव दाहालले छायाँकन र विकाश दाहालले सम्पादन गरेका हुन् ।
दीपक शर्माको शब्द र संगीत रहेको गीत ‘हुन्छ भनन’ मा डेबिड शंकरको मेल भोकल रहेको छ । ‘रहर’ एल्बममा गायिका पूजाको अलवा राजेश पायल राई, डेबिड शंकरको स्वर सुन्न सकिन्छ भने चर्चित गीतकार डिपी खनाल, दिपक शर्मा, राम गोपाल ‘आशुतोष’ कृष्ण सुनुवार र खलनको मान्छेको शब्द रहेको छ । युवा सङ्गीतकार शंकर थापा ‘स्माइलु’ दिपक शर्मा,शिव साम्पोङ्ग,अनिश श्रेष्ठ र पुस्कर सुनुवारको संगीत छ ।
नेपालीबाहेक, नेपालभाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगित तथा देउडालगायत विभिन्न भाषाभाषिकाका दुई सय गीतमा आफ्नो आवाज दिईसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनीक भइसकेको छ ।