आज २ सय जनामा कोरोना संक्रमण, दुईजनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको परीक्षण गर्दा २ सय जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ३३९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण दुई जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६४२ पुगेको छ ।