भिमफेदी दुर्घटना अपडेट: ५ को शनाखत

हेटौंडा । हेटौंडा हदै काठमाडौं जोड्ने भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ जुरीखेतमा बिहीबार भएको यात्रु बाहक बस दुर्घटना मृत्यु भएका ७ मध्ये ५ जनाको शनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भएका ३३ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ बर्षीय अब्दुल्लाहा मिया ठकुराई, बारा जितपुरका २५ बर्षिय शेख अरमान, मकवानपुर गढी-२ का ४३ वर्षीय मदन बिक र विरगंज ३१ पर्साका ४२ वर्षीय हृदय नारायण पंजियार रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जनाएका छन्। बिहीबार दिउँसो काठमाडौंबाट हेटौँडा आउदै गरेको ना ३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको दुर्घटनाग्रस्त हुदा...