रिलायन्स स्कुलमा २ सय २० विद्यार्थीको आँखा परिक्षण गरियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरुको लागी सञ्चालन गरिएको आँखा शिविर बुधबार सम्पन्न भएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत आँखा परीक्षण गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप संयोजक सुजिता श्रेष्ठले जानकारी दिइन । हेटौँडा युवा अभियानको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा भएको आँखा शिविरमा बुधबार कक्षा ५ देखी १० सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो । बुधबारको शिविरमा कक्षा ५ देखी कक्षा १० सम्मका २ सय २० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४ जनाको आँखामा समस्या देखिएको...