मध्यपुर थिमिमा निःशुल्क बीमा सेवा सुरु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गरेको छ । यही पुस १ गतेदेखि लागू हुने गरि नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए । नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्देश्यले पाँच जनासम्मका परिवार, आश्रित बालबालिका र ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने निर्णय गरि कार्यान्वयनमा ल्याएको उनले बताए । नगरपालिकाका उपप्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले पहिलोपटक निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ । पाँच जनासम्म परिवार संख्या भएका...