डेंगुबारे जवाफ दिन सरकारलाई सभामुख महराकाे रुलिङ
काठमाडौं। डेंगुले प्रकोपकै रुप लिइसक्दा पनि सरकार मौन रहेको भन्दै सत्तारुढ दलकै सांसदहरुले सदनमा प्रश्न गर्न थालेपछि सभामुख कृष्णबहादुर महराले जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । मुलुकभरका जनता प्रभावित हुँदासम्म सरकार र सम्बन्धित मन्त्री नबोलेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णगोपाल श्रेष्ठले विहीबार आपत्ति जनाए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले प्रश्न गर्दै भने, ‘सांसद मरेपछि मात्रै सरकार बोल्ने हो ?’ काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा डेंगुले महामारीको रूप लिँदा पनि नेपाल सरकार नबोलेको बरु अमेरिकी सरकार बोलेको भन्दै उनले रोष प्रकट गरे । यसबारे सरकारका मन्त्री नबोल्नु लज्जास्पद विषय भएको उनको निष्कर्ष थियो ।...