हेटौंडाको सन्चो अस्पतालमा प्रशासनले लगाएको ताला पहिलेनै खुलेको पाइयो
हेटौंडा । मापदण्ड पुरा नगरीकन संचालनमा रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालको ल्याबमा ताल्चा लगाइएको भएपनि त्यसलाई खोलेर त्यहीबाट काम गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले बन्द गरेको हेटौंडाको सन्चो अस्पतालको प्रयोगशाला अस्पताल आफैले खोलेको पाइएको हो । जिल्ला एकीकृत संयुक्त बजार अनुगमन टोलीले गत आइतबार सन्चो अस्पताल अनुगमन गरेको थियो अनुगमनका क्रममा अस्पतालको प्रयोगशाला दर्ता बिनै संचालन भएको र अन्य मापदण्ड पुरा नगरी संचालन भएको फेला परेपछी अनुगमन टोलीले प्रयोगशाला बन्द गराएको थियो । संचालन अनुमति नआउन्जेल ल्याब संचालन नगर्न प्रशासनले निर्देशनसमेत दिएको थियो । प्रशासनले बन्द गराएको ल्याब...