प्रतिष्ठानलाई गौरवको आयोजनाका रुपमा अगाडी बढाउँछौं–मुख्यमन्त्री जम्मकट्टेल
हेटौंडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सब आज हेटौंडामा मनाइएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्मकट्टेलले यस प्रतिष्ठानलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडी बढाउने बताउनुभयो । आफु पहिलेका कानून मन्त्री भएको समयमानै यसको कानून निर्माण गरेर प्रतिष्ठान गठन गरेको बताउँदै उहाँले भन्नुभयो–‘म हुँदानै प्रतिष्ठान गठनका लागि कानून निर्माण गरिएको र त्यसबेला देखि अहिले सम्म प्रदेश गौरवको आयोजनाका रुपमा काम गरिएको छ । अब पनि गछौं ।’ अहिलेको अवस्थामा अस्पतालको विवादलाई समाधान गर्ने भन्दा पनि चर्काउने भएकाले थप समस्या भएको उहाँले बताउनुभयो । अर्को अस्पताल निर्माण नहुन्जेल सम्मका लागि हेटौंडा...