मकवानपुरमा ११५ जनामा डेंगू संक्रमण पुष्टि

हेटौंडा । मकवानपुरमा डेंगू संक्रमितको संख्या ११५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ७० जनामा डेंगू संक्रमण पुष्टि भएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा १ जना, बकैया गाउँपालिकामा १ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको...