ढडेलोको कारण वायु प्रदूषण बढेकाे हेटाैँडामा पानी पर्दा राहत
हेटौँडा । अहिले मकवानपुर जिल्लाका १० वटै पालिकाको २ हजार भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको छ । वनमा लागेको डढेलो र औद्योगिक क्षेत्रमा रहेका बिभिन्न प्रकारका उद्योगबाट निस्कने धुवाँको कारण हेटौँडा नगर र आसपासका क्षेत्रमा वायु प्रदुषण बढेको छ । सामान्यतया वन डढेलोबाट निस्कने धुवाँ, औद्येगिक क्षेत्रबाट निस्कने धुवाँ, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, दाउरा बालेर खाना बनाउँने क्रममा निस्कने तत्वहरुले वायु प्रदुषण गर्दछन् । अहिले वायुको प्रदूषक तत्त्वको पहिचान गर्न सक्ने (हावामा हुने कण) पार्टिक्युलेट म्याटर हेरेर वायुको प्रदुषणलाई बुझ्ने गरिन्छ । ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौं उपत्यका वायु प्रदूषणमा पछिल्लो दिन यता दिल्लीलाई समेत उछिन्दै १८६...