हेटाैँडा आँखा अस्पतालमा निःशुल्क प्याडको सुविधा

हेटाैँडा । मकवानपुरको हेटौंडा उपमहनगरपालिका १० मा रहेको हेटौडा सामुदायिक आँखा अस्पतालमा सेवा लिन आउने महिलाहरुले अब महिनावारी प्याडको सुविधा पाउने भएका छन् । अस्पतालमा आउने महिला बिरामीहरुको लागि लक्षित गर्दै सेनेटरी प्याड भेन्डिग मेसिन जडान गरिएको छ । विहीबारबाट युक्ति फाउण्डेशन काठमाडौँले आँखा अस्पतालमा यो मेसिन जडान गरेसँगै अस्पतालमा आउने बिरामीले याे सेवा पाउने अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले बताए । फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले अस्पतालका संरक्षक श्रेष्ठ र अस्पताल प्रमुख डाक्टर सुनिल थकालीलाई मेसिन हस्तान्तरण गरेका हुन् । “अब अस्पतालमा आउने महिला बिरामीहरु महिनावारी भएमा सेनिटरी प्याड किन्न बजारमा जानु पर्दैन” श्रेष्ठले भने ।...