हेटौंडा अस्पतालमा मुटुरोगको विशेषज्ञ सेवा सुचारु

हेटौंडा। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा सुरु गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आज मङ्गलबार एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरेको हो । सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौंडा अस्पतालको सेवा तथा सुविधामा उल्लेखनीय वृद्धि भएको बताए । उनले प्रदेश सरकार मातहत आएसँगै १३ वटै जिल्लाका अस्पतालको सेवा सुधार हुँदै गएको उल्लेख गरे । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले सङ्घीयता लागू भएसँगै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा ठूलो सुधार भएको बताउँदै अस्पतालको स्तरोन्नतिका लागि थप मेडिकल उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले...