नवाेदयमा टेम्पोररी स्लाइड सम्बन्धी अभिमुखीकरण सम्पन्न

हेटौंडा । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीले माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार गरेको छ । हेटौंडा– ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ जना विद्याथीलाई माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ बनाउने विषयमा तालिम प्रदान गरिएको हो । नवोदय विद्यालयका विद्यार्थीले उक्त कार्यक्रम सहजीकरण गरेका थिए । ‘माइक्रोस्कोप कसरी चलाउने र कोषलाई कसरी हेर्ने भन्ने विषयमा सिक्ने अवसर पायौँ । यो अवसर जुटाइदिनु भएकोमा नवोदय विद्यालयप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ लक्ष्मी आधारभूत विद्यालय कक्षा ७...