हेटाैँडामा पत्रकार भट्टराईसहित विभिन्न श्रष्टा सम्मानित

हेटौँडा । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालद्वारा स्थापित भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मधुपर्कका पूर्वसम्पादक जयदेव भट्टराई सम्मानित हुनुभएको छ । प्रतिष्ठान नेपाल शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा भट्टराईसहित नौ जनालाई विविध विधामा सम्मान गरिएको हो । गोरखापत्र संस्थानको सेवाबाट हालै सेवा निवृत्त भट्टराई पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत यहाँ आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले सम्मान गर्नुभएको थियो । यस्तै, कार्यक्रममा भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीका साहित्यकार कुन्ता शर्मालाई, भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० मकवानपुरका कलाकार बिएस रानालाई, भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार २०८० मकवानपुरकै सङ्गीतकार लाल श्रेष्ठलाई प्रदान...