सोह्र श्राद्ध अर्थात् पार्वण श्राद्ध र यसको महत्व

काठमाडौं । आजबाट सोह्र श्राद्ध सुरु भएको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध सुरु गरिएको हो । बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । सोह्र श्राद्ध र यसको महत्व श्रीमदभागवत गीताको १२ औं अध्याय अन्तर्गतको विसौं श्लोक अनुसार श्रद्धा भनेको वेद, शास्त्र, महात्मा र गुरुहरुको र अनि परमेश्वरका वचनमा प्रत्यक्ष र सदृश्य विश्वास गर्नु हो भनी सो ग्रन्थको प्रकाशक बाबु माधवप्रसाद शर्मा बताउनुहुन्छ । सोही ग्रन्थको १७ औं अध्यायको दोस्रो श्लोकको स्वभावजा श्रद्दा शब्दलाई व्यख्या गर्दै शाकार विद्वत शिरोमणी पण्डित कुलचन्द्र...