स्वतन्त्र साहित्यकारहरुको सम्मेलन

काठमाडौं । कुनै पनि पार्टी तहमा नबसेका, बेग्ला बेग्लै भाषामा साहित्य रचनामा लागेका स्वतन्त्र साहित्यकारहरुको सम्मेलनले शनिबार भ्रष्टाचार र बेथिति विरुद्ध सिर्जनात्मक हस्तक्षेपको अभियान शुरु गर्न भाषाभाषीहरुको स्वतन्त्र राष्ट्रिय साहित्य अभियान गठन गरेको छ । हालसम्मको यसरी फरक–फरक भाषामा कलम चलाउने साहित्यकारहरुको एउटै यस्तो साझा साहित्यिक सञ्जाल वा संगठित भई स्वतन्त्र रुपमा भ्रष्टाचार र बेथिति विरुद्ध प्रयोजनपरक साहित्यिक अभियान पहिलो भएको पनि अभियानले जनाएको छ । अभियान अन्तर्गतको सँस्कृत देखि नेपाली, उर्दू, राई, बाहिंग, लिम्बू, नेपाल भाषा, मैथिली भोजपुरी, तामाङ, थारु भाषासम्ममा कलम चलाउने साहित्यकारहरुको सहभागिता रहेको थियो । भेलाले स्वतन्त्र राष्ट्रिय अभियान नेपालको साहित्य कला विधा अन्तर्गतको केन्द्रीय...