वनदेवी टोलको साधारण सभा सम्पन्र, विकृति विसङ्गति विरूद्ध लाग्र वडा अध्यक्षकाे अनुराेध
हेटौँडा । हेटौंडा ५ पिप्लेमा गठित वनदेवी टोल विकास संस्थाको नेतृत्व केशवप्रसाद घिमीरेले लिएका छन् । संस्थाको आज भएको पहिलो साधारणसभाबाट आगामी दुई वर्षे कार्यकालका लागि घिमीरेको नेतृत्वमा एघार सदस्यीय कार्य समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्ष रामप्रसाद पुडासैनी, सचिव रामकृष्ण पुडासैनी शर्मा, कोषाध्यक्ष शिला चौधरी रहेका छन् । सदस्यहरुमा रामहरी पौडेल, चण्डिका दाहाल,चन्दा धिताल, केशव चौलागाईं, चिन्तामणि फुयाल, रत्नहरि अधिकारी र प्रभा बानिया रहेका छन् । वनदेवी मन्दिर परिसरमा भएको साधारणसबाट गठित टोल विकास कार्य समितिलाई टोलको विकासका लागि पारदर्शी रुपमा लागिपर्न सुझाव पनि दिइएको छ । साधारणसभाका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष...