मठमन्दिरको सौन्दर्यीकरणमा मुख्यमन्त्रीको जोड

जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि मठमन्दिरको सौन्दर्यीकरणमा जोड दिनुभएको छ । श्री रामानन्दीय श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरधामले मंगलबार जनकपुरधाममा आयोजना गरेको आशीष तिलक तथा पदस्थापन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले मठमन्दिरको  सौन्दर्यीकरण कार्य अगाडी बढाईसकेको बताउनुभयो । प्रदेश सरकारले विकासको सुरुवात जानकी मन्दिरको सौन्दर्र्यीकरणबाट गरेको स्मरण गराउँदै उहाँले जानकी मन्दिरमा प्रत्येक वर्ष बजेट विनियोजन गर्ने योजना रहेको बताउनुभयो । जानकी मन्दिर प्रदेशको धरोहर छ, उहाँले भन्नुभयो–यसको सौन्दर्यीकरणको लागि प्रत्येक वर्ष ५÷७ करोड बजेट दिने योजना छ । जानकी मन्दिर परिसरभित्र सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री राउतले यसको...