सत्सङ्ग अनुष्ठानको आज तेश्रो दिन दुई लाख संकलन
हेटौडा । हेटाैँडा उपमहानगर पालिका १७ नम्वर वडामा रहेको सालक पार्कको स्थर उन्नतीको लागी सुरु भएको १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग अनुष्ठानको आज तेश्रो दिन दुई लाख संकलन भएको छ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले फागुन २ गते उद्घाटन गरेको यस सप्ताह ज्ञान महायज्ञ मा बिभिन्न दानविर हरुले सहयोग गर्ने क्रमले तिब्रता पाएको छ । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुह द्धारा निर्मित सालक पार्कको स्थर उन्नतीको लागि आयोजना गरिएको यस सप्ताह ज्ञान महायज्ञमा भक्तजनहरुको भिड लाग्न थालेको आयोजक समितीका प्रचार प्रसार संयोजक नवराज न्यौपानेले बताउनु भयो । ‘महाशिवरात्री’ तथा ‘नेपाल भ्रमण वर्ष २०२०’ को...