अमेरिकाको बोष्टनमा ‘तीज’ भब्यताका साथ मनाइयो

अमेरिका । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोष्टनमा पनि नेपालमा झै हिन्दु महिलाहरुको महान चाड ‘हरितालिका तीज’ भब्यताका साथ मनाइयो। गत अगष्ट ३१ तारिक शनिबारको दिन नेपाली महिलाहरुको विश्व सञ्जाल नेपाली वोमन्स ग्लोबल नेटवर्क,न्यू इंग्ल्याण्ड च्याप्टर,बोष्टनको आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली महिलाहरुको उल्लेखीय सहभागिता रहेको थियो । सिमित श्रोत,साधन र समयका बाबजुद पनि कार्यक्रममा धार्मिक,साँस्कृतिक र परम्परागत हिसाबले हरसम्भब नेपाली पहिचान झल्काउने कोसिस गरिएको थियो । बिभिन्न नेपाली मिष्ठान्न परिकारहरुको ब्यवस्था गरिएको कार्यक्रमममा तीज लक्षित गीतहरुमा सहभागिहरुले धित मर्ने गरी छमछमी नाँचेका थिए भने थप सांगितिक माहोल सृजना गर्न डिजे राजनले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो...