तिहार दिदीभाइ–दाजुबहिनीहरुको मिलनको पर्व हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । तिहार अर्थात दिपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पुजाआजा गरिने भएकोले यसलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गर्नुभएको छ । “तिहार प्रकृतिसँग मिलेको, पशुपंक्षीसँग मिलेको, कागको पूजा गरिने, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा अथवा यस्ता पूजा पनि गरिन्छन्” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ “प्रकृतिका विभिन्न पक्षहरु बीचको सन्तुलन समेत यस पर्वमा प्रतिबिम्वित हुन्छ ।” प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने...