तपाईंको ओठबारे रोचक लाग्ने तथ्यहरु

मानव शरीरका अंगमध्ये ओठ सबैभन्दा संवेदनशील हुन्छ । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ व्यक्तिअनुसार विभिन्न आकारका हुन्छन् । तर, ओठबारे कैयौँ तथ्य छन्, जुन तपाईं अधिकांशलाई थाहा नहुन सक्छ : -ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन। -औँलाको छापजस्तै ओठको छाप पनि कसैको कसैसँग मिल्दैन । -उमेर बढ्दै जाँदा ओठ भने पातलो हुँदै जान्छन् । शरीरमा कोलाजन निर्माणमा आउने कमीले यस्तो हुन्छ । कोलाजनकै कमीले ओठको कमलोपनमा पनि ह्रास आउँछ । -ओठले मानिसको कामुकताबारे जानकारी दिन्छ । खासगरी महिलाको ओठको आकारले उनको कामुकता दर्साउँछ । -मानव शरीरको छालामा १६ वटा तह हुन्छन्...