जब खानेपानीको धाराबाट मदिरा आउन थालेपछि…
भारत । केरलस्थित त्रिुसर जिल्लामा रहेको सोलोमोन एभेन्यु अर्पाटमेन्टमा बस्ने व्यक्तिले एउटा आश्चर्यजनक घटनाको सामना गर्नुपरेको छ।उनीहरुको धाराबाट एकाएक मदिरा आउन थालेपछि अपार्टमेन्टमा बस्ने सबै परिवार आश्चर्यमा परेका हुन्।त्यहाँका बासिन्दाले खानेपानीको धारा खोल्दा केही फरक रंगको पानी आइरहेको थियो। जसबाट निकै तिक्ष्ण गन्ध पनि। उनीहरुलाई लाग्यो कसैले खानेपानीको ट्यांकीमा मदिरा मिसाइदियो।त्यसपछि उनीहरुले छानबिनका लागि नगर निगमको कार्यालयमा निवेदन दिए।स्थानीयहरुको निवेदनपछि निगमले छानबिन सुरु गर्यो। अर्पाटमेन्टका लागि तयार गरिएको ट्यांकीमासमेत बाहिरैबाट मदिरा आएको पत्ता लाग्यो। त्यसपछि छानबिनको दायरालाई अझै फराकिलो पारियो।निगले पत्ता लगाएर छाड्यो कि धारामा मदिरा आउनुको कारण कसैले ट्यांकीमा मदिरा मिसाएर होइन रहेछ।त्यहाँको आबकारी विभागका अधिकारीहरुले स्थानीय रुपमा...