‘काण्ड’ मच्चाउने मन्त्रीको अझैं चेत खुलेन, फेरि यस्तो कुराले मुख्यमन्त्रीलाई तनाव
काठमाडौं – लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा भने दिइनसकेको बताएकी छन्। अरूको घरभित्र प्रवेश अर्की महिला र उनी नाबालिका छोरीलाई कुटपिट गर्ने ‘अमर्यादित’ काम गरेको आरोपमा राज्यमन्त्री विमलालाई पदबाट राजीनामा दिनुपर्ने दबाब रहँदै आएको छ। ‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसकेँ,’ बुधबार बिमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए। तर विमलाले भने राजीनामा बुझाउन नमानेको र उनलाई मन्त्री पदबाट हटाउने पक्का छ। स्रोतका अनुसार विमलाले आफूले राजीनामा नदिने र सरकार आफैंले कारबाही गरेर पदमुक्त गर्न भनेकी छिन्। ‘म राजीनामा दिन्नँ, तपाईंहरूले नै कारबाही...