२०३० सम्ममा सुन्य भोकमरीको अवस्थामा पुग्न कठिन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, विश्व भर्खरै ठुलो महामारीबाट बाहिर निस्कदै गरेकोले २०३० सम्म सुन्य भोकमरीको लक्ष्य पुरा गर्न कठिन हुने बताएका छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टम्स–२०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन रोम पुगेका उनले आज दोस्रो दिन ‘व्यवहारमा खाद्य प्रणाली परिवर्तन’ सम्बन्धि सत्रमा मुख्य वक्ताको रुपमा बोल्दै उनले दिगो विकास लक्ष्य अनुरुप सुन्य भोकमरीको अवस्थामा पुग्ने लक्ष्य पुरा हुने सम्भावना कम बन्दै गएको बताएका हुन् । ‘हामी अवश्य पनि भोकमरी र खाद्य असुरक्षासंग अझै प्रभावकारी रुपमा लड्न चाहान्छौँ । ’उनले भने ‘...