प्रधानमन्त्री प्रचण्ड र एमसीसी प्रमुख अलब्राइटबीच भेटवार्ता
काठमाडौं। नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेकी छन्। आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटको टोलीले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो। गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो। अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको...