ट्रम्पले किम जोङलाई किन पत्र पठाए ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियली नेता किम जोङ उनलाई फेरि पत्र पठाएका  छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरयाको भ्रमण गरि फर्केको केही दिन नबित्दै ट्रम्पले किमलाई पत्र पठाएका हुन्।  जी २० सम्मेलनका लागि जापान जानु अघि ट्रम्पले पठाएको पत्रको विषयवस्तु बारे भने केही बताइएको छैन। जापानमा ट्रम्प र सीबीच उत्तर कोरियाका बारेमा छलफल हुनसक्ने बताइएको छ। पत्र प्राप्त गरेपछि किमले अमेरिकी राष्ट्रपति ट्रम्पले पत्र पठाएर ‘असाधरण साहस’ प्रस्तुत गरेको बताएको केसीएनएले जनाएको छ। फेब्रुअरीमा हनोइ वार्ताका क्रममा किमले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न राखेको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेको थिए। प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि बिना कुनै...