पाकिस्तानमा पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्री एकसाथ जेलमा

इस्लामाबाद । पाकिस्तानमा बिहीबार पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी गिरफ्तार भएपछि एउटा अनौठो कीर्तिमान कायम भएको छ । देशकै इतिहासमा यस्तो पहिलो पटक भएको कि दुई जना पूर्वप्रधानमन्त्री र एक पूर्व राष्ट्रपतिलाई जेलमा कैद गरिएको छ । उर्दू अखबार ‘जंग’ का अनुसार पाकिस्तानको इतिहासमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुले चुनौतीको सामना गर्नु परिरहेको छ । पहिले प्रधानमन्त्री लियाकत अली खानको हत्या गरिएको थियो भने जुल्फिकार अली भुट्टोलाई फाँसीमा झुण्ड्याइएको थियो । त्यस्तै बेनजीर भुट्टोको गोली हानी हत्या गरिएको थियो । तर, पाकिस्तानको इतिहासमा पहिलो पटक एकै समयमा एउटै सरकारका एक पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरेर जोलमा राखिएको छ । तीनै...