चिनियाँ राष्ट्रपतिले दिएको बयानले विश्वमा ल्यायो तरङ्ग

काठमाडौं । अहिले विश्वमा नेपालको चर्चा चुलिएको छ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालको नाम विश्वमा चम्केको हो । उहाँले नेपाल आएका बेला दिएको बयानले विश्वमा नयाँ तरङ्ग ल्याएको छ । उहाँले चीन विभाजन गर्न खोज्ने प्रयासलाई कडा दमन गरिने चेतावनी दिनु भएको छ । बीबीसी हिन्दीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला आइतवार सीले यस्तो प्रतिक्रिया दिनुभएको हो । सी आइतबार नेपालबाट स्वदेश फिर्ता हुनु भएको छ । चीनलाई विभाजन गर्न खोजे ‘शरीरहरु कुल्चने’ र ‘हड्डीहरु तोड्ने’ चेतावनी सीले दिएको समाचारमा उल्लेख गरिएको छ । उहाँको यो बयानको निशानामा हङकङमा लगातार सरकार विरोधी...