‘भिजिट नेपाल’ २०२० लाई सफल पार्न प्रचारप्रसार गर्दै मकवानपुरे युवा कम्बाेडीयामा

हेटौँडा । सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेको छ । सरकारको भिजिट नेपाल बर्ष सफल पार्नको लागि विभिन्न क्षेत्रबाट विभिन्न अभियानहरु संचालन हुन थालेका छन् । पछिल्लो समय युवाहरु आँफै जुर्मुराउन थालेका छन् । विदेशमा पुगेका युवाहरु नेपालको झण्डा फहराउँदै नेपालको वर्णन गर्न थालेका छन् । अहिले मकवानपुरका आधा दर्जन युवाहरुको समुह विभिन्न देशमा पुगेर नेपाल र नेपालका पर्यटकिय क्षेत्रहरुको प्रचार गरिरहेका छन् । जिल्ला युुवा समिति मकवानपुरका संयोजक सन्तोष चौँलागाईकाे नेतृत्वमा र घरजग्गा व्यवसायी संघ मकवानपुरका पदाधिकारी समेत आधा दर्जन युवाहरु बैदेशिक भ्रमणमा गएका छन् । मलेशिया, भीयतनाम र कम्बोडिया जस्ता मुलुकहरुमा उनीहरु नेपालको प्रचारप्रसार...