अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा

काठमाडौं । वेस्ट बैंकको रामल्लाहमा रहेको न्यूज च्यानल अल जजिराको कार्यालयमा इजरायली सेनाले छापा मारेको छ । सेनाले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश समेत दिएको छ । आइतबार बिहान सशस्त्र र मुखौटा लगाएका इजरायली सैनिक प्रत्यक्ष प्रसारणको क्रममा भवनमा प्रवेश गरेका थिए । इजरायली सैनिकले बन्द गर्न आदेश दिएको अल जजीराको वेस्ट बैंक ब्यूरो प्रमुख वालिद अल-ओमारीले जानकारी दिए । उनले आदेशपछि लाइभमै भने, “यस्ता पत्रकारलाई लक्षित गर्ने उद्देश्य सधैँ सत्यलाई मेटाउने र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।” अप्रिलमा इजरायलको संसद्‌ले सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी समाचार प्रसारकलाई अस्थायी रूपमा...