सडकमै फायरिङ गर्ने युवक पक्राउ
नयाँदिल्ली । दिल्लीमा भएको हिंसाका दौरान सडकमा फायरिङ गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । दिल्ली प्रहरीले शाहरुख नाम गरेका ती युवालाई उत्तर प्रदेशको शामलीबाट पक्राउ गरेको हो । घटनाबारे जानकारी दिन दिल्ली प्रहरीले दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । दिल्लीमा फेब्रुअरी २३–२५ सम्म भएको हिंसाका कारण ४८ जनाको मृत्यु भएको थियो । दुई सयभन्दा बढी मानिस घाइते भएका थिए । दिल्लीमा भएको हिंसामा संलग्न रहेको आशंका प्रहरीले एक हजारभन्दा बढीलाई त्रफाउ गरिसकेको छ । प्रहरीले ती सय ५० भन्दा बढी प्रदर्शनकारीविरुद्ध ‘एफआईआर’ दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।श्रोत...