बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल
बीबीसी । सन् १९९१ मा पाकिस्ताको शरणार्थी शिविरमा जन्मिएकी रेज गार्डीले बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छाडेकी छिन् । सुरुमा वार्षिक तलब दुई लाख डलर। तर एउटा ठूलो वकिल कार्यालयको त्यो जागिर प्रस्ताव रेज गार्डीले लिइनन्। उनले एउटा उद्देश्यका लागि लड्नु थियो। जिहादी समूह इस्लामिक स्टेट आईएसले अपहरण गरेका, बेचबिखन गरेका र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा उनी सहभागी भइन्। बीबीसीले लेखेकाे खबर अनुसार उनका बाबुआमा इराकका कुर्द समुदायका थिए। उनको बाल्यकाल सद्दाम हुसैनको शासनकालमा ज्यान गुमाएका नातेदार, छिमेकी र साथीहरूको कथा सुनेर बित्यो। जब उनी ७ वर्षकी भइन् उनको परिवार न्यूजील्यान्ड पुग्यो। उनले अध्ययनमा राम्रो गरिन्...