कस्मिरमा आतंककारीले कारमै गाेली हानेर भाजपाका ३ नेताको हत्या गरे

एजेन्सी ।  दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्। भारतीय पत्रिका दैनिक भास्करका अनुसार हुसैन, कुलगाम भाजपा युवा मोर्चाका महासचिव थिए। उनीसहित उनका दुई कार्यकर्ता- उमर रासिद बेग र उमर रमजान हाजमको हत्या भएको हो। एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेकाे छ। तर कसको घटनास्थलमै र ककसको अस्पताल लानेबित्तिकै मृत्यु भएको हो, पत्रिकाले खुलाएको छैन। फिदा हुसैन काजिगुन्ड बस्थे। हुसैनविरुद्ध त्यसबेला हमला भयो, जतिबेला उनी कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए। आतंकवादी एक गाडीमा आए र...