वैदेशिक रोजगारीको कालोपाटो : प्रत्येक महिना ७२ जनाले गुमाउँछन् ज्यान
काठमाडौं । भर्खरै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एउटा विवरण सार्वजनिक गरेको छ । जसअनुसार वर्षैपिछे वैदेशिक रोजगारीमा ज्यान गुमाउने नेपाली कामदारको सङ्ख्या बढेको देखिन्छ । तथ्यांकअनुसार पछिल्लो १६ वर्षमा १४ हजार २१३ नेपाली कामदारले कामको सिलसिलामा प्रदेशमा ज्यान गुमाइसकेका छन् । समीक्षा अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर तीन हजार ४४० श्रमिक स्वदेश फर्किएका छन् । आर्थिक वर्ष २०८०/८१ कै कुरा गरौँ, एक वर्षको अवधिमा ७ लाख ४१ हजार २९७ जना श्रमिकले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः थम स्वीकृतिसमेत) लिएका छन् । जसमा ८० हजार १७२ जना महिला छन् । वि.सं. २०६५/६६ यता प्रत्येक महिना औसतमा...