एपिएफ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश
पोखरा । साविक विजेता नेपाल एपिएफ फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा धरान एफसीलाई २–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । पहिलो हाफमै लिएको अग्रतालाई जोगाउँदै एपिएफ सेमिफाइनल पुग्न सफल भएको हो । एपिएफलाई जित दिलाउन विकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३७ औं मिनेटमा विकुको गोलमा एपिएफले अग्रता लिएको हो । युवराजले ४० औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । सहिद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु गर्ने यसअघि नै एन्फाले घोषणा गरिसकेको...